Logo

बोटका स्मार्टवाच बजारमा

भारतीय वायरलेस हियरेबल ब्रान्ड ‘बोट’का सुन्न र लगाउन मिल्ने उपकरण नेपाली बजारमा आउने भएको छ ।
बिक्रेता इम्याजिन मार्केटिङ लिमिटेडले ती उपकरणहरु चाँडै बजारमा ल्याउने जनाएको हो । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिनले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउने भएको हो ।
स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राइटनेस र विशाल दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यसको नवीनतम बोट असाप चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीले जनाएको छ ।
यसमा भएको आईपी६७ ले यसलाई पसिना, पानी र धूलो प्रतिरोधी बनाउने र यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउने कम्पनीको भनाइ छ । देशभर उपलब्ध वेभ प्रो ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ छ । यस कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको बोट एक्स्टेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिस छन् ।
यसमा ७ सय बढी सक्रिय मोडहरू छन् जसले तपाईंको निद्राको गतिविधिदेखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ ।
यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राइट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १००+ फेस अप्सन छन् जसले व्यक्तिको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेन्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रुपैयाँ मूल्यमा उपलब्ध छ ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड–रकर्ज ३३० र रकर्ज २५५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन् । बजारमा यसको मूल्य ३ हजार ३९९ रुपैयाँदेखि ३ हजार ४९९ रुपैयाँसम्म छ ।

प्रतिक्रिया दिनुहोस्