सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांशवापत कुल १२ करोड ७८ लाख ८७ हजार ६६१ रुपैयाँ सेयरधनीलाई वितरण गर्न लागेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
सिटिजन्स बैंकले हाल १८० शाखा कार्यालय, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।