Logo

बाल्ट्राको सुन जित्ने दसैं अफर

बाल्ट्राले चाडपर्वको अवसर पारेर ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ ।
योजनाअन्तर्गत बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकिङ सेट जित्न सक्नेछन्न् । उक्त कुकिङ सेटमा इन्डक्सन कुकटप, प्रेसर कुकर र कराइरहेका छन् । साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राका जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुनको लागि बाल्ट्रा लेखी एक स्पेस दिएर बीबीबी लेखी फेरि एक स्पेस दिएर भ्याट वा विल नम्बर लेखी पुन: एक स्पेस दिएर क्रेताको नाम उल्लेख गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ ।
साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्नेछ । उपहार योजना २८ भदौदेखि १४ कात्तिकसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्