कृषि विकास बैंकको सञ्चालकमा दाहाल

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् ।
नवनियुक्त सञ्चालक सदस्य दाहाल सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दाहाललाई बैंक सञ्चालक समितिका अध्यक्ष डा.राजेन्द्रप्रसाद मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सो अवसरमा बैंकका सञ्चालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत उपस्थित थिए ।