बसले किचेर विद्यार्थीको मृत्यु

बिहीबार बिहान ९:४५ बजे स्कुल जानेक्रममा आर्दश माध्यमिक विद्यालय गजुरी जान सडक पार गर्ने क्रममा जेब्रा क्रसिङमा बसले ठक्कर दिँदा एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका–१ का विजय परियार रहेका छन् । काठमाडौंबाट बारपाक जार्दै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्करबाट परियारको घटनास्थलमै मृत्युपछि विद्यार्थीहरुले सडकमा नारावाजी गरिरहेका छन् । घटना भएको केही समयमै प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।