Logo

माथिल्लो तामाकोसीको बाँध सफाइ

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सफाइ सकिएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाको गत शनिबार बिहानैदेखि सफाइ सुरु भएर पूरा भएको हो ।
वर्षात्को समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवासहित सामग्री जलाशयमा थुप्रिँदा पानी कम हुन्छ । २ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । वर्षात् सकिएर हिउँद लाग्ने सिजन भएकाले आयोजनाले असोज लागेसँगै जलाशय सफा गर्ने तालिका बनाएको हो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्लान्ट म्यानेजर पूर्णगोपाल रञ्जितका अनुसार जलाशतमा एक मिटरदेखि डेढ मिटरसम्म सतहसम्म बालुवा जम्मा भएको थियो अर्धजलासययुक्त यो आयोजनामा हिउँदका समयमा पनि पानी जम्मा गरेर दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । अनावश्यक सामग्री सफा गर्दा जलाशयमा पानीको मात्र बढी बढाउन सकिने भएकाले हिउँदमा बढी विद्युत् उत्पादन गर्न सकिन्छ ।
आयोजनाले बाँधका ४ वटा ढोका क्रमश: खोल्दै बन्द गर्दै गरेर विहान ४ बजेदेखि राती १२ बजेसम्म गरेर बाँधमा जमेको बालुवा बगाएरको छ । बाँध सफाइ भएपछि बाँध क्षेत्रमा पानीको मात्र बढेको छ । यसले हिउँमा सुक्खा समयमा पानी बढी जम्मा हुन्छ ।
बाँध सफाइ अवधी भर आयोजनाको विद्युत उत्पादन पूर्णरूपमा बन्द भयो भने भारततर्फ विद्युत् निर्यातसमेत रोकिएको थियो । माथिल्लो तामाकोसीको उत्पादन सुचारु भएसँगै नेपालबाट विद्युत् निर्यात पनि सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्