मधेसमा ओपेन चिडियाखाना

मधेस प्रदेशको रामबन क्षेत्रमा पर्सा प्राणी उधान चिडियाखाना (ओपेन जु) बन्ने भएको छ ।
बन तथा वातावरण मन्त्री प्रदीप यादवले बिहीबार रामवनमा ओपेन जुको शिल्यान्यास गरे सँगै मधेस प्रदेशमा चिडियाखाना बन्ने भएको हो ।
वीरगन्ज महानगरपालिको वडा नम्बर ३२ रामवनको वन क्षेत्रमा नेपाल सरकारको बन मन्त्रालयले पर्सा प्राणी उद्यान नाम दिएर प्राकृतिक चिडियाखाना निर्माण गर्न लागेको हो
५० हेक्टर क्षेत्रफलमा भित्र १ अर्ब १ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण हुने चिडियाखाना भदौ २७ को मन्त्रिपरिषद् बैठकले निर्माणका लागि अनुमति दिएको बताउँदै आयोजीत कार्यक्रममा मन्त्री यादबले चिडियाखाना सँगै वन्यजन्तु उद्धार केन्द्र र वयजन्तु अस्पताल पनि सँगै निर्माण गरिने जानकारी गराए ।
मन्त्री यादवले यो चिडियाखाना मधेस प्रदेशको मात्र नभई देशकै नमुना चिडिखानाका रुपमा निर्माण हुने बताउदै नेपाल र भारतका मात्र नभइ तेश्रो मुलुकका पर्यटकहरु पनि आउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाललाई चिडियाखानाको निर्माण कार्य जति सक्दो छिटो अघि बढाउन मन्त्री यादवले निर्देशन दिएका थिए ।
बन तथा भूसंरक्षण विभागका महानिर्देशक दिपेशमणी त्रिपाठीले बन्न लागेको चिडियाखाना ओपेन जु (प्राकृतिक चिडियाखाना) को निर्माण तीन चरण अन्तरगत पहिलो चरणमा संरचना निर्माणको काम हुने दोस्रोमा निर्माण भएको संरचनामा जीवजन्तु ल्याएर राखीने र तेस्रो चरण पर्यटन विकासको कामहरु ब्यापक गरीने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति प्रयाप्त रुपमा कोषले उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले यस प्रकृतिको चिडियाखानाले मधेस प्रदेशको पर्यटन विकासले फडको मार्ने बताए ।
चिडियाखानामा खुल्ला रुपमा वन्यजन्तुहरु हेर्न मिल्ने हुदा पर्यटकहरुले बन्द गाडी भित्र बसेर चिडियाखाना घुम्न सक्ने र यहा सबै प्रकारका वन्यजन्तुका र जीवजन्तुहरु पनि राख्ने योजना मन्त्रालयको छ ।
शिलान्याश समारोहमा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।