५० किमिमा १ हजार ५० भाडा «

५० किमिमा १ हजार ५० भाडा

 

कैलालीको मोह्याल गाउँपालिकाका स्थानीयवासीले सार्वजनिक यातायातमा सवार गरेबापत तोकेभन्दा दोब्बर भाडा तिर्ने गरेका छन् । मोह्न्याल गाउँपालिकामा भौगलिक असहजता र सडकको पहुँच सहजै नपुग्दा सार्वजनिक यातायातले मनोमानी रूपले तोकेभन्दा दोब्बर भाडा लिने गरेका हुन् । पहलमानपुरको डोके बजारबाट ५२ किलोमिटर रहेको मोह्न्यालको खिमडी पुग्न स्थानीयवासीले १ हजार ५० रुपैयाँ तिर्ने गरेका छन् । त्यस ठाउँमा सञ्चालनमा आएका सवारी साधन कुनै पनि यातायात समितीमा दर्ता छैनन् ।
धनगढीदेखि काठमाडौंसम्मको भाडा ५२ किलोमिटरको दूरीमा असुल्दा सर्वसाधारण तथा गरिब स्थानीयवासीले सास्ती भोग्नुपरेको मोह्न्याल गाउँपालिका–६ का टीका भण्डारीले बताए । भौगलिक बनावट तथा विकासको पूर्वाधारको समस्या भए तापनि यसरी यातायातले मनोमानी रकम असुल्दा जनतालाई सकस हुने गरेको छ । यात्रु वाहक सवारी साधन दिनको दुई समय मात्र चल्ने गर्ने गरेका छन् । सवारी साधनको अभावले यात्रुहरूले भनेजस्तो भाँडा दिने गरेको गुनासो पोखे ।
खिमडीवासीहरूका लागि सवारी साधन हुँदा उत्पादनका बस्तुहरू नजिकैका बजारसम्म पुराउनेको समस्या समाधान भए तापनि गाडीको दोब्बर भाँडाले ढाँड सेकेको स्थानीय बासिन्दाको गुनासो छ । कच्ची सडकमा आफ्नो मनोमानी तरिकाले सवारी साधान चलाएका सवारी धनीले २० वर्ष पुराना गाडीहरू सञ्चालनमा ल्याएका छन् । हालसम्म यस क्षेत्रबाट विजय भएर गएका नेताहरूले यस ठाउँको विकासका लागि कुनै पनि चासो नदेखाएको स्थानियहरूको भनाइ छ । “स्थानीयका भनाइअनुसार चुनावी एजेन्डामा विकास र बाटाघााटा निर्माणका कुरा आए पनि चुनाव जितिसकेपछि यस क्षेत्रको बारेमा कुनै पनि चासो राख्ने गरेका छैनन् । सडक नभएर यहाँ जनताले आकस्मिक सेवा पाउनै गाह्रो छ ।”
प्रदेश नं.७ को मुकाम धनगढीबाट ९० किलोमिटर रहेको खिमडीको सडक निर्माण भएमा पर्यटकीय गन्त्यव मूल आधार हुन सक्ने देखिन्छ । कर्णालीको संगम स्थल रहेको त्रिवेणीघाटमा पूरापूर्वकालमा देवीको वास स्थान रहने गरेको किम्वदन्तीमा छ । बाटोघाटोको समस्या र सवारी साधनको मनोमानीले गर्दा यस स्थानको पहिचान मेटिदै गएको मोह्न्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले बताए । सडकमा सानोतिनो मर्मत सम्भारको कामसमेत हुन सकेको छैन् ।सडकको स्थिति राम्रो नहुँदा र सवारी सधानको सिडिकेन्डका कारण बिरामीलाई अस्पताल पुराउनसम्म समस्या बेहोर्न परेको छ । यहाँको विकासका जनताको सुविधाका लागि यातायात व्यवसाय र जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्ने उनले भने, “दुई–तीन महिनामा समस्याको समाधान गर्न तर्फ लाग्ने आश्वासन दिए ।”
सुप बस व्यवसाय समितिका अध्यक्ष पदम सापकोटाले रुट इजाजत बिना र जिल्ला प्रशासन कार्यालयले सवारी साधन नदिएसम्म सवारी चलाउनेलाई कारबाही गरिने बताए । उनले भने, “कसैले आफ्नो गाडीको रुटको मूल्य आफैं निर्धारण गरेर चलाउनेलाई समितिको नियमअनुसार कारबाही गरिने जनाए ।

 हिमेश बिक

प्रतिक्रिया दिनुहोस्