यती एयरलाइन्स २५औं वर्षमा प्रवेश

यती एयरलाइन्स स्थापना भएको २४ वर्ष पूरा भएको छ । यतीले २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान भरेको थियो ।
१ वर्षको अवधिमा ५ वटा विमानमार्फत यस एयरलाइन्सले १५ हजार ९सयय २५ उडानमार्फत १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई सेवा दिएको छ । सोही क्रममा २७ हजार ६ सय ६३ विदेशी पर्यटकलाई सेवा दिएको छ । साथै १ लाख ५४ हजार २ सय ८७ कार्गो तथा कुरियर बोकेको छ । यो अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एयरलाइन्सले जानकारी दिएको छ ।
यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । नेपालमा हवाईसेवाको विकासमा महत्वपूर्ण योगदान रहेको यतीको शुरूवात २ वटा ट्वीनअटर वायुयानबाट उडान भरेको थियो ।
२४ वर्षे यात्राको दौरानमा यो एयरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव हासिल गरेको कम्पनीले जनाएको छ । यो यात्रामा डिएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, इएमबी–११०, ईएमबी–१२०,साब–३४० बि, जेटस्ट्रीम जे–४१, डिएचसी–६ ४०० ट्वीनअटर तथा एटीआर–७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।
हाल ७ सय ३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि जनशक्ति उत्पादन गर्दै आएको छ । यतीले प्राविधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा सञ्चालित सम्पूर्ण एयरलाइन्समा कार्यरत रहेको यतीले जनाएको छ । हालै एउटा विमान थपेको यतीसँग ६ वटा एटीआर विमान रहेका छन् भने यसै बर्ष एउटा विमान ल्याउने योजना छ ।