Logo

यामाहाको सोरुम काठमाडौंको बत्तीसपुतलीमा

यामाहाले काठमाडौंस्थित बत्तीसपुतलीमा आफ््नो नयाँ डिलरको स्थापना गरेको छ ।
नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सधैं आम ग्राहकको माग र आस्था पूर्तिका खातिर सजग र तत्पर रहँदै आएको कम्पनीको दावी छ । देशभरका ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनौतीलाई आत्मसाथ गर्दै विश्वस्तरिय संरचनामार्फत गुणस्तरिय सेवा प्रवाहमा १०९ स्थान बाट अनबरत लागिपरेको कम्पनीको भनाइ छ ।
देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौँदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम बत्तीसपुतलीमा खोल्न सफल भएकोे जनाएको छ । बिगत एक वर्षदेखि सञ्चालनमा आएकोे यस नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि ‘एफ. अई. स्टेसन’ मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्