पर्यटकीय स्थलको जानकारी दिने ‘ट्राभल नेपाल’ बोर्ड गेमको सुरुवात «

पर्यटकीय स्थलको जानकारी दिने ‘ट्राभल नेपाल’ बोर्ड गेमको सुरुवात

नेपालका सबै पर्यटकीय स्थलहरु भ्रमण गराउने र त्यसको बारेमा जानकारी दिने ‘ट्राभल नेपाल बोर्ड गेम’ को घोषणा गरिएको छ ।
नेपाल भ्रमण गर्न चाहने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी नेपालमा पहिलो पटक निर्माण गरिएको युनिक गेमको आज घोषणा गरिएको हो ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर खेललाई पूरै नेपाल भ्रमण गर्ने पुस्तक जस्तै बनाएर नेपालका धेरै स्थानको बारेमा जानकारी समावेश गरिएको जानकारी दिइएको हो । उक्त खेल कसैलाई मायाको चिनो स्वरुप पनि दिन सकिनेछ । सो खेललाई थप बुझ्नको लागि एक पटक अवश्य पनि खेल्न वेव कम्पनी वर्ज पोर्टल आइटीले आग्रह गरेको छ ।
नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई नेपालमा केके क्रियाकलापहरु गर्न सकिन्छ, कता–कता घुम्न सकिन्छ, के के खान पाइन्छलगायतका विभिन्न जानकारीमुलक क्रियाकलापयुक्त खेल भएकोले भ्रमणको लागि धेरै उपयोगी हुने फाउण्डर सन्जिब बज्र शाक्यले बताए । यसको अलवा खेल गैरनेपाली तथा पर्यटकहरुको लागि पनि विशेष चाखलाग्दो हुने उनको भनाइ छ ।
बज्र पोर्टलले पहिलो पटक धेरै रोचक गेम जारी गरेको हो । जहाँ आफ्ना परिवार तथा साथीभाइहरुसँग मिलेर नेपालभर घुम्न सकिन्छ । कम्पनीले नेपालको सबैभन्दा रमाइलो यात्राको साथै गुणस्तरीय समय बिताउन सकिने पनि दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्