नेपाल बाल संगठनलाई सन्राइज बैंकको सहयोग

सन्राइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।
बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा भएको कार्यक्रममा बैंकका निर्देशक श्रीमती शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष श्रीमती विद्या न्यौपानेलाई सो सामानहरु हस्तान्तरण गरिन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायत बैंकका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूका लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक पुडासैनीले बताइन् ।
बैकले १५औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरी मनाउँदै छ ।