सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सव

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।
त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा बिद्यार्थीसँग बिमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी विद्यार्थीहरुमाझ बिमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।