एनसेलको इण्डिया भ्वाइस प्याकमा नयाँ दररेट «

एनसेलको इण्डिया भ्वाइस प्याकमा नयाँ दररेट

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।
यी प्याकहरु शुक्रबारदेखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन् ।
भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । १ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् ।
त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित मात्र ७४९ रुपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु संचालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्