लेक्ट्रो साइकलप्रति ग्राहकको आकर्षण

भारतको प्रसिद्ध ब्राण्ड हिरोको लेक्ट्रो साइकल नेपालमा निम्बस इन्टरनेशनल कम्पनी प्राईभेट लिमिटेडले बिक्री बितरण गर्दै आएको छ ।
अहिले काठमाडौंको भृकटीमण्डपमा भइरहेको नाडा ईभी एक्स्पोमा पनि उक्त कम्पनीले आयात गरेको सो साइकल प्रदर्शनमा राखिएको छ । ७५,९०० देखि १,३९,९०० सम्म पर्ने साइकलमा अहिले दसैं अफर अन्तर्गत ८००० रुपैयाँसम्मको डिस्काउन्ट छ भने नाडा ईभी एक्स्पोबाट बुकिग गर्ने ग्राहकलाई कम्पनीले एउटा हेलमेट नि:शुल्क दिँदै आएको छ ।