Logo

डिशहोम फाइबरनेटको अफर सार्वजनिक

डिशहोम फाइबरनेटले नयाँ ब्रान्डविथको साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट प्याकेजहरू ‘फेस्टिवल फाइबरनेट’ ल्याएको छ ।
फाइबरनेटका ग्राहकहरूका लागि चाडबाडको अवसरमा थप खुसी प्रदान गर्न कम्पनीले उक्त अफरहरू सार्वजनिक गरेको हो । ‘फेस्टिवल फाइबरनेट’ अफरमा ८७० रुपैयाँमा प्रतिमहिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिइने बताइएको छ । त्यस्तै प्रतिमहिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरू ल्याइएको छ ।
यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरूले ५ जीबी डबल बेन्ड राउटर पनि सित्तैमा पाउने छन् । साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरूले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टीभीको सेवा पनि लिन पाउनेछन् ।
‘फेस्टिवल फाइबरनेट’ अफरको लाभ लिन ग्राहकले नजिकको डिलर दाईकोमा वा हट लाइन नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्