सामसङको ‘ग्यालेक्सी ए ०४ एस’ सार्वजनिक

सामसङले ‘ग्यालेक्सी ए ०४ एस’ फोन सार्वजनिक गरेको छ । यस फोनमा नयाँ सुविधा र विशेषता रहेको कम्पनीले जनाएको छ ।
यस फोनमा ट्रिपल रियर क्यामरा छ । एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको छ । यस्तै, ५ एमपी सेल्फी क्यामरा रहेको धछ । ६.५ एचडी र ए मोडलको डिस्पेल समावेश रहेको छ ।
पाँच हजार एमएच ब्याटरी रहेको छ । यस फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको छ । १२८ जिबी रोम सहितको ४ जिबी र्याम भएको ए०४ एसको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै, ६४ जिबी रोमसँग ४ जिबी र्याम को फोनको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।