समृद्धि फाइनान्सको शाखा जनकपुरमा

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको समृद्धि फाइनान्सले आफ्नो आठौंै शाखा जनकपुरमा सुरुवात गरेर सञ्चालनमा ल्याएको छ ।
उक्त शखाको मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जनकपुर उवा संघका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायत उपस्थित थिए ।
फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।