Logo

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

एनएमबि बैंकले विद्युतीय गाडीहरुमा न्युनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ ।
यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ ।
जसमा न्युन व्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ । एनएमबिको यस कर्जा योजना, व्यवसायसँगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।
“यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ” बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्