Logo

आइएमई पे र ट्राफिक प्रहरीबीच सहकार्य

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।
ट्राफिक जरिवाना हाल आइएमई पे वालेटमार्फत भुक्तानी गरिँदै आएको सन्दर्भमा छलफल भएको हो । उक्त छलफलमा ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्ने सहमतिसमेत भएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन महिनामा मात्र एक करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत गरेका छन् ।
यस्तै, ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आईएमई पेका प्रमुख व्यापार अधिकृत बस्नेतले ट्राफिक कार्यालयका प्रमुख चौधरीसँग छलफल गरेका थिए ।
डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि उत्साहजनक रुपमा प्रयोग गराउने उद्देश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने उपत्यका ट्राफिक प्रमुख चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्