Logo

लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच सम्झौता

निजी इक्विटी र ऊर्जा डेभलपर्सबीच इक्विटी लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो ।
समझदारीपत्रमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामार्फत देश विकासमा योगदान पुर्‍याइरहेको ऊर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।
ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गर्दै लक्ष्मी क्यापिटलसँगको यस सम्झौताले ऊर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनीअन्तर्गत रहेका अन्य परियोजनाका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्