पालुङटारलाई स्मार्ट सिटी बनाउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले गोरखा जिल्लाले विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एैतिहासिक लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने उनले बताए ।
पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उनले संघीय सरकार र अर्थमन्त्रालयबाट यसका लागि सम्पूर्ण सहयोग हुने बताए । “स्मार्ट सिटीमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । पालुङटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ” उनले भने, “अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्ने आवश्यकता छ ।”
“नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसका लागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रूत गतिमा अघि बढाउन अनुरोध गर्दछु” मन्त्री शर्माले भने ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तिका कारण आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङटार भएर अघि बढेको बताउँदै उनले सो राजमार्ग निर्माणको योजना माओवादी नेतृत्वको सरकारले ल्याएको पनि स्मरण गराए ।
सरकारले लिएको आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सूचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको बताए । बैंकमा व्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने भनदै उनले बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको बताए । उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने बताए ।