तरलता अभावमा ब्याजदर बढाउनु स्वभाविक नभएको दावी

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् ।
बुधबार नेपाल र इण्डोनेशिया एक्स्पोबारे जानकारी दिँदै उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यावसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्नसमेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताए ।
“कोभिड १९ महामारीपछि बजारमा तरलता अभावको समस्या हुँदै आएको छ । बजारमा तरलता अभावको कारण मुलुकभित्र व्यवसायिक गतिविधिहरु बढाउन मात्रै समस्या बनाएको नभएर भएका उद्योगहरुको क्षमता बिस्तार गर्नको लागि समेत धेरै समस्या बनाएको छ” उनले भने, “अहिले आएर नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको छ । यसले अर्थतन्त्रमा दखिएको तरलता अभावलाई सहज बनाउन मद्दत पुग्छ ।”
उनले पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए ।