कांग्रेसले थाल्यो घोषणापत्र निर्माण

नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ ।
समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ । घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रिय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरुलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए । उनले घोषणापत्र तयारीका काम शुरु भएको जानकारी दिए । उनले नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पार्नुभयो ।
यसैबीच, नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार तथा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा डा गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला मनोनीत भएका छन् ।
यसैगरी समिति सदस्यमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा स्वर्णीम वाग्ले, डा सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा अञ्जनी झा, ई अभिमन्युलाल सिं, डा ई. हरि दर्लामी मगर, अधिवक्ता डा रुद्र शर्मा, डा सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा बुद्धिमान श्रेष्ठ, शङ्कर तिवारी, डा कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल र विकल राईसमेत मनोनीत भएका छन् । समितिको सदस्य सचिवमा पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली छन् ।