गैरकानुनी हुन्डीमा कडाइ गरौं «

गैरकानुनी हुन्डीमा कडाइ गरौं

गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चितिमा धेरै दबाब परेका कारण सरकारले धेर्र वस्तुको आयातमा नै प्रतिबन्ध लगायो । आयात धेरै भएका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेको त पक्कै हो, किनकि नेपाल आयातित अर्थतन्त्र हो । तर, त्यसबाहेक पनि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्नुको कारण पर्यटकीय आय घट्नु तथा नेपाली युवाले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्स आय घट्नु प्रमुख कारण थियो । निर्यातबाट आउने आय त नेपालको कहिल्यै पनि उत्साहजनक थिएन । करिब १० खर्बभन्दा बढी रेमिट्यान्स नेपाली युवाले पठाएका कारण आयातमुखी भए तापनि सहजै चलिरहेको अर्थतन्त्रमा दबाब पर्नुको कारण रेमिट्यान्स आय घटेको कारण नै प्रमुख हो भन्न कुनै विदेशी विकास साझेदारका प्रतिवेदन पल्टाउनु पर्दैन । नेपाली अर्थतन्त्रको कठोर तर अरुचिकर वास्तविकता नै त्यही हो । रेमिट्यान्स आय घट्नुमा नेपाली युवाको माग हुने मुलुकबाट रोजगारीको थप माग नआउनु एउटा प्रमुख कारण थियो भने अर्को प्रमुख कारण हुन्डी थियो । नेपाली युवालाई आफूले कमाएको पैसा बैंकिङ च्यानलबाट नेपालमा पठाउन सहजीकरण गर्ने कार्यमा अझै सरकार तथा नेपाल राष्ट्र बैंकको ध्यान पुगेको छैन । साथसाथै, गैरकानुनी हुन्डीका कारोबारीहरू नेपाली युवालाई ललाइफकाइ गरेर गैर बैंकिङ च्यानलबाट पैसा पठाउन उत्प्रेरणा गर्ने कार्यका समाचारहरू पनि आइरहेका छन् । नेपालले सम्पत्ति शुद्धीकरणअन्तर्गत हुन्डीलाई आर्थिक अपराधको सूचीमा राख्ने विधेयक प्रतिनिधिसभा विघटन भएका कारण अलपत्र परेको भए तापनि हुन्डीमा संलग्नहरूलाई सरकारले तत्काल कठोर कदम नचाले सोझासाझा नेपाली युवालाई हुन्डीमार्फत कारोबार गर्न सिकाउनेहरू बढेका छन् । जसले चालू आर्थिक वर्षमा पनि रेमिट्यान्स आयमा धक्का नलाग्ला भन्न सकिन्न ।
सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा अहिले पनि धेरै मुलुकमा गएका श्रमिकले करोडौं रुपैयाँ हुन्डीमार्पmत नेपाल पठाउने गरेका छन् । इजरायललगायत केही मुलुकमा रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्पmत पैसा पठाउनुपरेको हो भने केही मुलुकमा हुन्डीका कारोबारीको दबदबाका कारण नेपाली युवाले कानुनीभन्दा गलत बाटो अपनाउन बाध्य छन् । इजरायलमा गएका ८० प्रतिशतभन्दा बढी श्रमिकले हुन्डीबाट पैसा पठाउन बाध्य हुनु भनेको सरकारको ध्यान त्यतातिर ननभएका कारण नै हो । इजरायलको एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्पmत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण बाध्य भएर हुन्डीमार्पmत पैसा पठाएको श्रमिकको दाबी छ । तर, नेपाली इजरायल जान थालेको भर्खर होइन । रेमिट्यान्स सेवा दिँदै आएका बैंकको पहुँच सीमित भएको र औपचारिक माध्यमबारे सरकारले चेतना जगाउन नसक्दा इजरायल गएका नेपाली श्रमिक हुन्डीमार्पmत पैसा पठाउन बाध्य भएको देखिन्छ । श्रमिक इजरायल जानुअघि अभिमुखीकरणमा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन जानकारी दिए पनि इजरायलमा सोअनुसारको बैंकिङ सेवाको पहुँच हुन नसकेको नेपालीहरूले बताएका छन् । विगत सात महिनायता जीटुजीमार्पmत इजरायल गएका १ हजार नेपालीमध्ये ८० प्रतिशतले हुन्डी प्रयोग गरेका छन् । किनकि बैंकमार्पmत पठाउने चाहना भए पनि रेमिट्यान्स गर्ने बंैक नै कम छन् । पैसा भए पनि बैंकमार्पmत पठाउन समय लिनुपर्ने र महँगो भएका कारण हुन्डी प्रयोग गर्नुपरेको उनीहरूको दाबीमा सरकारको असफलता झल्कन्छ । इजरायलका गल्ली–गल्लीमा हुन्डी सञ्चालनमा रहेका छन् । हुन्डीमार्पmत पैसा पठाउँदा १ लाख रुपैयाँमा ३ देखि ४ हजारको फरक पर्ने गरेका कारण पनि धेरै नेपाली केही पैसाको प्रलोभनमा हुन्डीमार्पmत पैसा पठाउने गरेको देखिन्छ । नेपाल र इजरायल सरकारबीच भएको गत वर्षको सम्झौताअनुसार १ हजार नेपाली श्रमिक इजरायल प्रवेश गरिसकेका छन् । सरकारले रोजगारीका लागि गएका श्रमिकको लागि रेमिट्यान्सका लागि भरपर्दो र सहज माध्यमको व्यवस्था गर्न नसक्दा हजारौं नेपाली हुन्डीमार्पmत पैसा पठाउन बाध्य हुनु भनेको नेपाल सरकार तथा केन्द्रीय बैंकको अनुगमन तथा नेपाली राजदूतावासको पनि कमजोरी हो ।

प्रतिक्रिया दिनुहोस्