बजेट कार्यान्वयन गरेर देखाउँछौं ः गौतम «
Logo

बजेट कार्यान्वयन गरेर देखाउँछौं ः गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारले प्रस्तुत गरेको वजेट जनपक्षीय भएको बताएका छन् । प्रेस संगठन प्यूठानले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले बजेट कार्यान्वयका सन्र्दभमा उठेको बहस अहिले अनुचित रहेको बताए ।
“बजेट कार्यान्वयनको सबालमा अहिलेको बहस अनावश्यक छ,” नेता गौतमले भने, “तपाई हेर्दैजानुस्, हामी कार्यान्वयन गरेर देखाउँछौं ।” अघिल्लो आर्थिक वर्षमा बजेटमा केहि त्रुटिहरु भए पनि त्यसलाई सच्चाएर यस वर्ष जनपक्षिय बजेट आएको उनले दावी गरे । “बजेटमा आएको ऋण व्यवस्थापनलाई लिएर धेरै टिका टिप्पणी उठेका छन्,” गौतमले भने, “यसमा चिन्ता लिनु पर्दैन । ऋण तिर्ने सामथ्र्य नेपालमा प्रशस्त छन् ।”
विकसित मुलुकले समेत वैदेशिक सहायता तथा ऋण लिएर काम गर्दै आएको आंैल्याउँदै उनले भने, “विकास गर्न ऋणसँग डराएर हँुदैन । आज केहि भएन भनेर भोलि पनि केहि हुँदैन भन्ने मानसिकता फेर्न जरुरी छ ।” देशको सम्मुन्नतिका लागि उद्योग धन्दा, खानी उत्खनन् जस्ता कार्यहरु अगाडि बढाउनु पर्ने उनको जोड थियो ।
प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावकारी प्रतिपक्ष भन्दा काम भाँड्नका लागि मात्रै विभिन्न बहानावाजी रच्दै आएको उनको आरोप छ । सरकारलाई सचेत बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले प्रतिपक्षलाई त्यसखालको भूमिका खेल्न आग्रह गरे ।
जिल्लामा नौमुरे जलविद्युत् परियोजना र स्वर्गद्वारी विमानस्थलजस्ता महत्वपूर्ण कार्यक्रम केन्द्रीय बजेटमै समेटिएकोले कार्यान्वयन समेत छिट्टै अगाडि बढ्ने उनले बताए ।

नेतृत्व परिवर्तनबाट पार्टी एकता सम्भव
सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिको कार्यान्वयन बाट मात्रै पार्टी एकता सम्भव रहेको उनको भनाइ छ । “पहिले भएको सहमति उल्लंघन भए पार्टी एकता पनि सम्भव छैन,” उनले भने, “जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।” पार्टी एकताको ५० प्रतिशत काम सकिएको बताउँदै उनले बाँकी काम पनि तत्काल टुंगिने बताए ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकप्रति आफ्नो असन्तुष्टि रहेको बताउँदै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्नु सरकारको अपारदर्शिता रहेको औंल्याए । पत्रकारको नियमन प्रेस काउन्सिलबाट गर्दा उत्तम हुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्