Logo

सिमरामा अत्याधुनिक अस्पतालको निर्माण सुरु

मधेशमै स्तरीय सहरको लयमा रहेको बाराको सिमरामा जितपुर सिमरा उपमहानगरले अत्याधुनिक अस्पतालको निर्माण सुरु गरेको छ ।
उपमहानगरको महत्वकांक्षी प्रोजेक्टको रूपमा रहेको उक्त अस्पताल स्बास्थ्य मन्त्रालयको संयुक्त लगानीमा आगामी २०८१ असारभित्र सम्पन्न हुने गरी निर्माण थालिएको हो ।
उपमहानगरको प्रमुख सहर सिमरा चोकमै प्राथमिक स्वास्थ्यकेन्द्र रहेको स्थानमा अत्याधुनिक भवनको अस्पताल बनाउन एसपिसी कन्ट्रक्सन बुद्धनगर काठमाडौंले निर्माण थालेको छ ।
प्रोजेक्ट इन्जिनियर अभय झाले प्राथमिक स्वास्थ्य केन्द्रको आवासीय जीर्णभवन हटाइएको र जग हाल्न ले आउटको काम भैरहेकोले नौरथाकै सुभसाइतमा शिल्यान्याससँगै कामले तीव्रता पाउने जानकारी गराए । उनले निर्माण सामग्री सहज उपलब्ध हुने, दक्ष श्रमिक अभाव नहुने र सुरक्षा व्यवस्था राम्रो रहेकाले २ वर्ष प्रोजेक्टको लक्ष्य भए पनि चाँडै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
अस्पतालका लागि पालीकाले आफनै आन्तरीक स्रोतबाट दायीत्ब बहन गर्ने गरी १ विशेषज्ञ ३ एमबीबीएस ४ स्टाफ नर्ससहित केही प्राविधिक कर्मचारी असोजभित्रै माग गर्ने र अस्पताल नबनुन्जेल प्राथमिक स्वास्थ्य केन्द्रबाटे सेवा सबस्तार गर्ने उपमहानगरले जनाएको छ ।
नगर प्रमुख राजन पौडेलले चिकित्सक सहितको उक्त टोलीले अस्पताल निर्माण नभएसम्म तत्काल प्राथमिक स्वास्थ्य केन्द्रबाटै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उपमहानगरको तयारी रहेको बताए । अस्पतालको ग्राउण्ड फलोरमा जनरल ओपीडी क्लिनिक सँगै आँखा, दातको समेत क्लिीनक रहनेछ । प्याथोलोजी ल्याब, एक्सरे, औषधी पसल उक्त फ्लोरमा रहने छन । त्यस्तै पहिलो तलामा बर्थिङ सैन्टर हुने छ जहाँ डिलेभरी रुम, बच्चाहरु राख्ने एनआइसीयू रुम, रिकभरी रुम, लेबर रुम, रहने छ । दोस्रो तलमा दुई अपरेसन थिएटर, मेल, फिमेल बार्डहरु, ४ बटा सिन्गल केबीन सहित जनरल १५ सैया रहनेछन् । त्यस्तै फाइनल प्लोरमा अफिसियल मेडिकल सुपरिटेन्टको कार्यालय, एडमिटेसन्स, मिटिङ्ख हल र स्टोर्स रहने ईन्जिनीयर झाले बताए ।
क्यान्टीन, सोचालय, पार्किङ स्थल, सहित अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले अस्पताल भवन निर्माणको काम थालिएको उपमहानगरले जनाएको छ ।
उत्कृष्ट कलेज, विमानस्थल, तारे होटल, स्तरीय मार्ट, फिल्मी हल, सुगम स्थल यातायात लगाएतका शहरी पुर्बाधारहरु निर्माण भै सञ्चालन भइरहको सिमरा शहरमा अत्याधुनिक अस्पताल आबश्यकता बनेको थियो जुन पूरा भए सँगै सिमरा मधेसकै स्तरीय सहरका रूपमा परिचित बन्ने युवा समाजसेवी तथा राजनीतीकर्मी श्यामबाबु गुप्ताले बताए ।
नागरिकले सहज स्तरीय स्बास्थय सेबा पाउने अपेक्षा गरीएको निर्माणधिन उक्त अस्पतालमा प्रयोगहुने स्बास्थ्य उपकरणहरु नेपाल सरकार स्बास्थ्य मन्त्रालय, प्रदेश सरकार, उपमहानगरमै रहेका मुलुकका ठूला औद्योगिक प्रतिष्ठानहरुको सहयोग रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्