Logo

चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसँग पुन: आग्रह गरेको छ ।
राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको चेम्बरले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्ने क्रममा चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थाले व्यवसायिक क्षेत्रमा परेको असरबारे बृहत छलफल भएको थियो । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरु सबै भन्दा बढी मारमा परेको नेपाल चेम्बर र समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले गुनासो गरेका थिए ।
राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशन १ कात्तिकदेखि लागु गर्ने तयारी गरिरहेका बेला व्यवासयीले व्यापार सहजी करण तथा लगानीमैत्री वतावरणमा मार्गदर्शनले गम्भिर असर गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने, “एक करोड रुपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयका लागि उधारोमा हुने बिक्री तथा दसैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुनर्पे मौज्दात अहिलेको प्रस्तावित सिमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गरिनु पर्दछ ।”
चालु पुँजी मार्गदर्शन सम्बन्धी व्यवस्थाले उधारोमा बिक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको भनाइ छ । राष्ट्र बैंकको अस्थिर नीतिले ऋणीहरु मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सबैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बताए ।
उनले भने, “यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरु राष्ट्र बैंकको नीतिका कारण थप समस्यामा परेका छन् । अधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ ।”
वेस रेट प्रिमियमा यसअघिको व्यवस्था अधिकतम १.५ प्रतिशत विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशतसम्मको सीमाले व्यवसायिक गतिविधि प्रभावित हुने र मूल्यवृद्धि झन बढ्ने अध्यक्ष मल्ले बताए ।

प्रतिक्रिया दिनुहोस्