राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रममार्फत किंग्स कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यावसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ ।
तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्र्तगत कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवालाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । किंग्स कलेजका अध्यक्ष अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए ।