सूर्या लाइफको ‘एजेन्सी अचिभमेन्ट अवार्ड’

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा देशैभरमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेलाई ‘एजेन्सी अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ ।
कम्पनीले व्यक्तिगत तथा व्यवसायतर्फ तीन जनालाई सम्मान गरेको छ भने सामूहिक व्यवसाय गर्ने अभिकर्ताहरूलाई पनि सम्मान गरेको छ । बुटवल शाखाका कमलप्रसाद घिमिरे, ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राईलाई ‘एजेन्सी अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको हो । फस्ट रनर अप ललितपुर शाखाका फागो र सेकेण्ड रनअप सोही शाखाका राई घोषित भएका थिए ।
त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने सामूहिक व्यवसायतर्फ अभिकर्ताहरूलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस विधामा ललितपुर शाखाका उपेन्द्र राई विजेता घोषित भएका छन् । कमलप्रसाद घिमिरे (बुटवल) र भक्तबहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।
यस्तै, देशैभर रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको छ भने बुटवल र ललितपुर क्रमश: फस्ट रनर अप र सेकेन्ड रनर अप घोषित भएका छन् । सातै प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक वागमती प्रदेशले हात पारेको छ । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको छ । उनीहरूलाई प्रमुुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले अवार्ड प्रदान गरेका थिए ।
कम्पनीले चितवनमा आयोजना गरेको कार्यक्रममा कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीको सहभागिता रहेको बताइएको छ ।