दसैंमा निम्बुसको सामान डेलिभरी अफर

किरानावस्तु किनमेलका लागि अनलाइन केन्द्र निम्बुस बजारले आफ्नो ‘ग्रोसरी डेलिभरी दसैंभरी’ अफरको घोषणा गरेका गरेको छ । दसैंको जीवन्त मनोभावलाई कायम राख्ने उद्देश्यका साथ ब्रान्डको सुलभ किनमेल सुविधा प्रदान गर्ने प्राथमिकता र नवीन दृष्टिकोण यस अफरद्वारा स्पष्ट पारेको कम्पनीको दावी छ । ।
निम्बुस बजारको वेबसाइट र पुल्चोक र सुनाकोठीस्थित पसल दसैंभरी खुल्ला रहने बताइएको छ । ग्राहकको सन्तुष्टिका लागि भनेर डेलिभरी सेवा काठमाडौं उपत्यकामा हरदिन सुचारु रहनेछ । यस अफरमा उत्पादनहरुमा दिइने थप भारी छुटले ग्राहकको चाडपर्व र उत्सवको भावनालाई अझै बढावा दिन्छ ।
ग्राहकहरुले दसैंको अलमल बेला पनि सुविस्ताका साथ सुपथ मूल्यमा दैनिक तथा अत्यावश्यक खाद्यवस्तु र सामाग्री घरमै आरामले बसी बसी किन्न सक्ने बताइएको छ । यो ग्राहक केन्द्रित अफर दसैंको उत्साह र एकताको भावनाप्रति समर्पित छ ।