फोनपेमार्फत कारोबार गर्दा ग्राहकलाई हरेक दिन एक लाख

फोनपे पेमेन्ट सर्भिसले चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ ।
योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ ।
यो योजना ग्राहकका लागि ४ देखि १४ असोजसम्म लागू हुनेछ । यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना ४ असोजदेखि १४ कात्तिकसम्म अर्थात ४० दिन सम्मका लागि लागू हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागू हुनेछन् ।
यसैगरी फोनपेले दसैंको समयमा किनमेल गर्न सहज् र सुलभ होस् भन्ने उद्देश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । सनराइज बैंकका ग्राहकले १ देखि १५ असोजसम्म फोनपेमार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् ।
यस्तै कुमारी बैंकका ग्राहकले ४ असोजदेखि १४ कात्तिकसम्म पहिलोपटक क्यूआरमार्फत भुक्तानी गर्दा तीस प्रतिशत अर्थात् तीन सयसम्म छुट पाइनेछ । यसैगरी सानिमा बैंकका ग्राहकहरुले १६ देखि २२ असोजसम्म १० प्रतिशत अर्थात् सय रुपैयाँसम्म छुट पाउनेछन् । यस्तै गरीमा विकास बैंक र एनसीसी बैंक, एनआइसी एशिया बैंकका ग्राहकहरुले ९देखि १४ असोजसम्म क्यूआर गर्दा १० प्रतिशत अर्थात् १०० रुपैयाँसम्म छुट पाइनेछ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले ७ देखि १७ असोजसम्म, एभरेष्ट बैंकका ग्राहकले १० देखि १४ असोजसम्म, मेगा बैंकका ग्राहकले ७ देखि १३ असोजसम्म, कामना सेवा विकास बैंकका ग्राहकले ९ देखि १३ असोजसम्म क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ ।
आइएमई पेका ग्राहकले ७ देखि १४ असोजसम्म, प्रभुपेका ग्राहकले ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले ४ देखि २४ असोजसम्म पहिलोपटक क्यूआर गर्दा १० प्रतिशत अर्थात् सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले ९ गतेदेखि २० असोजसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।