सरकारका निर्णय असान्दर्भिक : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लोपटक गरेका निर्णय अनुपयुक्त र असान्दर्भिक भएको बताएका छन् ।
प्रेस युनियन मोरङले विराटनगरस्थित कोइराला निवासमा बिहीबार गरेको पत्रकार सम्मेलन बोल्दै कोइरालाले सरकार काम चलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दुरगामी प्रभाव पर्ने कुनै पनि निर्णय गर्न नहुने बताए । लोकतन्त्रको विधि र पद्धतिलाई स्वीकार्दा सबै दलको सहमतिमा मात्र महत्वपूर्ण निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।
“५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई समाजिका सुरक्षा भत्ता दिने कुरा व्यवहारमा राम्रो हो,” उनले भने, “मुलुकको ढिकुटीले त्यसलाई धान्न सक्छ वा सक्दैन त्यो भूझ्णूपर्छ ।
” वर्तमान सरकार काम चलाउ भइसकेकले राजनीतिक नियुक्तिसमेत गर्न नहुने पंक्षमा आफू रहेको उनको भनाइ छ । कोइरालाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएकाले फटाफट निर्णय गरेर भोलिका दिनमा देशलाई नै अहित पुराउने काम गर्न नहुने बताए । “जनताले सरकार बनाउने जिम्मा वामगठबन्धनलाई दिएकाले अब नेपाली कांग्रेस ५ वर्षसम्म प्रतिपक्षमा बस्नुपर्छ,” कोइरालाले भने ।
राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लगि पनि स्थिर सरकार आवश्यक रहेको उनको भनाइ थियो । उनले वामगठबन्धनको सरकारले देश र जनताको पक्षमा गर्ने निर्णयलाई कांग्रेसले पनि सहयोग गर्ने बताए । “कांग्रेस प्रतिपक्षमा भए पनि अब बन्ने सरकारलाई सहयोग गर्छ,” उनले थपे, “कांग्रेस सशक्त प्रतिपक्षमा बस्छ ।”