Logo

निर्वाचन खर्च विवरण नबुझाउनेमा महानगरका मेयर पनि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको खर्च विवरण नबुझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल पनि छन् ।
यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत यसमा रहेका छन् । उनीहरूले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने र नतिरेमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्