सांसदलाई ६ करोडविरुद्ध रिट «

सांसदलाई ६ करोडविरुद्ध रिट

सरकारले निर्वाचन क्षेत्रको पूर्वाधार विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरीत भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निर्वाचन क्षेत्रको पूर्वाधार विकास कार्यक्रमलाई नाम फेरेर चालू आर्थिक वर्षदेखि सुरु गरेको पूर्वाधार विकास कार्यक्रम संविधानविपरित भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट यसअघि दरपीठ भए पनि आइतबार न्यायाधीश डम्बरबहादुर शाहीको आदेशपछि दर्ता भएको हो । रजिष्ट्रार लालबहादुर कुँवरले रिट दरपीठ गरेका थिए । रिटमाथि आउँदो शुक्रबार सुनुवाई हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्