४२ करोडको तरकारी निकासी

जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।
महालक्ष्मी नगरपालिकाको ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरीएको खेतीबाट उक्त मूल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई धनकुटाका नायब प्राविधिक धर्मराज कटुवालले जानकारी दिए । इकाईका अनुसार गत आर्थिक वर्षमा यस क्षेत्रमा बन्दा, काउली, मूला, रायोसाग, मटरकोसा लगायतको २७ हजार ८ मेट्रिकटन तरकारी उत्पादन भएको र २४ हजार ५ सय ७७ मेट्रिकटन तरकारी जिल्ला बाहिर निकासी भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को भन्दा गत आर्थिक वर्षमा ९.७ प्रतिशतले उत्पादनसमेत बढेको इकाइले जनाएको छ । यो क्षेत्र तरकारी खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको छ ।