जनताका घरमा डोजर नचलाउन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउन आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासबाट साविक कटुन्जे वडा नं. २ को हाल सूर्वविनायक नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका एक दर्जन भन्दा बढी घरधुरीलाई असर पर्नेगरी डोजर नचलाउन आदेश दिएको हो ।
सो विषय यथावत् राखी छलफलमा आउन समेत सूर्यविनायक नगरपालिका, वडा नं. ५ र यसका वडा अध्यक्ष राजकुमार जोशी तथा डिभिजन सडक कार्यालयलाई छलफलका लागि समेत झिकाएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता अनन्तराज लुईंटेलले बुधबारको बहसका क्रममा स्थानीयवासीमाथि संविधान, कानुन र अदालतले स्थापित गरेको मापदण्ड विपरित जवर्जस्तीपूर्ण ढंगले जनताको आवाशको अधिकारमा खलल पुराउने काम गरेकोले तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।
सूर्यविनायक न.पा. वडा नं. ५ बस्ने इन्दिरा नेउपाने सहितका टोलबासीले दायर गरेको उक्त रिटमा ५ नं. वडा कार्यालयले २०७४ माघ ३ गते गैरकानुनी पत्र पठाई डिभिजन सडक कार्यालयलको हवाला दिएर जोशी टोलमा सूचना टाँस भएपछि स्थानीयवासी आतंकित भएर सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।