Logo

वीरगन्जका तीन उद्योगी व्यावसायीलाई सुप्रबल जनसेवाश्री पदक

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्तासहित वीरगन्जका चारजना उद्योगी व्यावसायी ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित भएका छन् ।
संविधान दिवसको दिन घोषणा गरिने ‘सुप्रबल जनसेवाश्री’ पदकबाट वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा गुप्ता, पूर्व अध्यक्ष अशोक वैद, उद्योगी मूरलीधर रुंगटा र व्यावसायी दिपेन्द्र प्रसाल कलवार लगायतका उद्योगी व्यावसायीलाई विभूषित गरिने घोषणा गरेको हो ।
पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको विकास, विस्तार, सम्बद्र्धन र प्रवद्र्धनमा विशिष्ठ योगदान पुर्‍याएकोमा नेपाल सरकारबाट संविधान दिवसको सो पदक दिइएको हो ।
कोभिड १९ को समयमा नारायणी अस्पतालमा ३० शैयाको वातानुकूलित नवजात शिशु सघन उपचार ईकाई निर्माण, बिरामीको लागि आवश्यक अक्सिजन आपूर्तिका लागि पाईपलाईन निर्माण, पोखरिया अस्पतालको लागि शल्य चिकित्सा कक्षको स्तरोन्नति र सघन उपचार कक्षको स्तरोन्नति, आम सर्वसाधारणमा कोभिड सुरक्षा सामग्री लगायतका व्यावस्थापनका लागि वीरगन्ज उद्योग वाणिज्य संघले झण्डै २ करोड मूल्य बराबरको खर्च गरेको गुप्ताले बताए ।
त्यसैगरी पूर्व अध्यक्ष अशोक वैदले पनि आफ्नो कार्यकालदेखि हालसम्म विभिन्न क्षेत्रमा निरन्तर सेवा र योगदान गर्दै आएका छन् । उनको निरन्तरको योगदानकै कारण विभूषित गरिने भएको हो । हाल वैद नेपाल भारत सहयोग मञ्चको अध्यक्ष र वीरगन्ज महानगरपालिकाको सदभावना दूतपनि छन् ।
अर्का उद्योगी मूरलीधर रुंगटापनि लामो समयदेखि वीरगन्जमा उद्योग व्यावसाय क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति हुन् । उनले विशेषगरि खाद्यान्न सामग्री उत्पादन र आपूर्ति तथा कृषिजन्य उद्योग स्थापना गर्नुका साथै सामाजिक काम पनि निरन्तर योगदान दिदै आएका छन् । सामाजिक कामको लागि रुंगटा वेलफेर संस्था नै स्थापना गरेर सामाजिक सेवामा पनि योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्