राउण्ड टेबलको सरसफाइ अभियान «

राउण्ड टेबलको सरसफाइ अभियान

काठमाडौंको हडिगाउँस्थित गहनापोखरी वरपरको क्षेत्रमा राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना गरिएको छ ।
राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्जअन्तर्गत गहनापोखरी आसपासको क्षेत्रको सरसफाई गरिएको छ । डेंगुको संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाई गरिएको आयोजकले जनाएको छ ।
सरसफाईसँगै सचेतनासमेत फैल्याइएको राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताए । त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिकैको प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो । कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता थियो ।
देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्