Logo

नेपाल वाल प्लास्टको दसैंं सौगात योजना

ड्राइमिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दसैंंलाई लक्षित गरेर ‘दसैं सौगात’ नामक योजना बजारमा ल्याएको छ ।
‘निर्माण गुणस्तरमा, मोवाइल पकेटमा’ नाराका साथ यो योजना ३ असोजदेखि १३ कात्तिकसम्म सञ्चालन गर्न लागिएको जनाएको छ । यस योजनाअन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिकफिक्सो, ब्लक फिक्स, टाइलफिक्स प्लोर तथा टाइलफिक्स वाल गरी पाँचवटै उत्पादनमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।
घर बनाउँदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अनुमान रहेको छ ।
व्यस्त जीवनशैलीमा समयको बचत नै अमूल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको नेपाल वालप्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेशप्रसाद साहले बताए ।
विश्व निर्माणजगतमा ड्राइमिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकशित देशहरुमा यस प्रकारको निर्माण सामग्रीको प्रचुर मात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइमिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्यावसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्