Logo

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता

आइएमई पे र किरण सुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ ।
सम्झौता अनुसार आईएमई पे डिजिटल दसैं तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ ।
साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ । आइएमई पेको दसैं क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् ।
सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा नि:शुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् । यद्यपि, विजेताहरुले डेलिभरि चार्ज भने स्वयम् नै तिर्नु पर्ने शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्