दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा «

दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा

शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ ।
दसैंका लागि सस्तो मूल्यमा बस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।
नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन गरेको छ ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिटल पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैं विशेष छुट पाउने छन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए ।
मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । उक्त मेला ७ देखि १० असोजसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्