Logo

शरद् ऋतु र सगरमाथा !

यो वर्षको शरद् ऋतुका लागि पनि विदेशी तथा स्वदेशी पर्वतारोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने काम सुरु भएको छ । पछिल्लो समाचारअनुसार सन् २०२२ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि विभिन्न देशका पाँच समूहका ४२ जनाले अनुमति लिइसकेका छन् । भर्खर असोज सुरु भएकाले अरू बढी विदेशी पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने सम्भावना बाँकी नै छ ।
हुन त पर्वतारोहणको इतिहास र सगरमाथाको आधिकारिक नामका सम्बन्धमा हेर्दा सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो बेला सर जर्ज एभरेस्ट आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नापनक्सा विभाग प्रमुख (हेड अफ सर्भे) भएर काम गरेका थिए । त्यस्तै ‘चोमोलुङ्मा’को नयाँ नेपाली नाम सगरमाथाचाहिँ इतिहासकार बाबुराम आचार्यले राखेका हुन् । उता ‘चोमोलुङ्मा’को उचाइका सम्बन्धमा सुरुमा एकरूपता थिएन । कहिले ८ हजार ८ सय ८८ मिटर, कहिले ८ हजार ८ सय ४० मिटर, कहिले ८ हजार ८ सय ५० मिटर, कहिले ८ हजार ८ सय ७२ मिटर, कहिले ८ हजार ८ सय ४४.४३ मिटर, कहिले ८ हजार ८ सय ४८ मिटर भनी प्रचारमा ल्याइयो ।
यस्तो काम बढीजसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोही तथा लेखकले गर्ने गरेका छन् । जे होस्, गत वर्षसम्म नेपालले मान्दै आएको उचाइ ८ हजार ८ सय ४८ मिटर जुन थियो, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचका आधारमा निकालिएको उचाइ थियो । जे भए पनि गत वर्षदेखि नेपाल–चीन दुवै देशले ८ हजार ८ सय ४८.८६ मिटरलाई सगरमाथाको नयाँ उचाइ मानेको छ । सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मिटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र देशैपिच्छे सगरमाथाको उचाइ मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मिटर लेखिएको छ भने एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाइ ८ हजार ८ सय ४२ मिटर लेखिएको छ ।
यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एड्मन्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए, त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जीलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पmबाटै एकै वर्षमा दुई पटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरूले पनि सगरमाथा आरोहणमा पूर्ण रूपमा सफलता पाउन सकेनन् । तर, उनीहरू बर्सातअघिको प्रयासमा ८ हजार ५ सय ९५ मिटरसम्म र बर्सातपछिको प्रयासमा ८ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवत: सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोही दल नै थिए । हुन पनि सगरमाथा हिमालको नामकै सन्दर्भमा भन्नुपर्दा पछिल्लो पटक भारतीय टेलिभिजन च्यानल जी टिभीका एक पत्रकारले हेलिकप्टरमा सगरमाथा क्षेत्रको कालापत्थरमा पुगेर एक दृश्य छायांकन गरेर जी टिभीमा प्रसारण गरेर (आपूm बोल्दै) सगरमाथाको नयाँ नाम ‘राधानाथ सिक्दर/राधानाथ सिकन्दर’ राख्नुपर्ने भनी दावी गरेका थिए । के थाहा ? भोलि भारतको पहुँच पुगिहालेछ भने आजसम्म हामीले भन्दै आएका नेपाली नाम ‘सगरमाथा’, आदिवासी जनजातिले भन्दै आएको नाम ‘चोमोलुङ्मा’ र विदेशीले भन्दै आएको नाम ‘एभरेस्ट’ को सट्टा ‘राधानाथ सिक्दर’/‘सिकन्दर’ हुन पनि बेर छैन !

प्रतिक्रिया दिनुहोस्