सेगवे नेपालको दसैं तिहार लक्षित अफर

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दसैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।
‘यो दसैं–तिहार सेगवेको साथ उपहार ७’ नामक यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ । यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको खरिदमा १० हजार नगद छुट पाउनेछन् ।
यसका साथै, नि:शुल्क बीमा र सडक कर पनि समावेश रहेको बताइएको छ । साथै, ग्राहकले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् ।
लक्की ड्रमार्फत २ जनाले कक स्कुटर (एफ ४००), २ जनाले स्मार्ट फोन र ५ जनाले अमाजफिट जिटिएस २ स्मार्ट घडी जित्नेछन् । साथै, एक्सचेन्ज सुविधा, नि:शुल्क एममसि र इएमआईको सुविधा पनि रहेको बताइएको छ । यसको शोरुम काठमाडौंस्थित राइजिङ मलमा रहेको छ ।