Logo

सामसङको दसैं–तिहार लक्षित योजना सार्वजनिक

सामसङले दसैं–तिहार लक्षित ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।
जस अन्तर्गत नि:शुल्क इन्स्टलेसनलगायतका आफूले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ । उक्त अफर १ असोजदेखि २९ कात्तिकसम्म लागु हुने कम्पनीले बताएको छ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागु हुनेछ ।
ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभिमध्ये एउटा अपग्रेड गरेमा नि:शुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशत छुट प्राप्त गर्न सकिने बताइएको छ ।
प्रिमियम रेन्जका टेलिभिजन सेटमा सामसङ क्रिस्टल फोर के युएचडी टिभिहरू छन् । जुन पावरफुल फोर के एचडी डिस्प्लेमा लाइफ लाइक बिलियन ट्रुकलरहरूको लागि परिचित छ । ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्मको क्यासब्याकको साथ नि:शुल्क साउन्डबार पाउन सकिने छ ।
सामसङ फ्रेम टिभिहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभि हो जसले बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगिन टेलिभिजन डिजाइन प्रदान गर्दछ । यो मोडेलको टिभिमा पनि नि:शुल्क साउन्डबारको साथमा १८ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने छ । १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलइडी टिभिहरूको प्रत्येक मोडेलमा नि:शुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट पाउन सकिन्छ ।
फाइभइनवन कन्भर्टिबल ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीको साथ पाइने कम्पनीले बताएको छ । ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ । यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ ।
एआइइको बबलवासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध रहेको छ । साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्