Logo

मुक्तिनाथ विकास बैंकको नयाँ बचत खाता

मुक्तिनाथ विकास बैंकले एक करोड एक लाख रुपैयाँसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
यस बचत खाताको गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारको २ जना सदस्यहरूको लागि ३० लाख रुपैयाँ गरी कुल ५१ लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन् ।
त्यस्तै, विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ । यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम एक लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारको ४ जना सदस्यहरूको लागि ८० लाख रुपैयाँ गरी कुल एक करोड एक लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन् ।
साथै, विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन् । बिमा सुविधाअन्तर्गत आवधिक बिमा, दुर्घटना बिमा र १८ वटा घातक रोगको बिमा हुने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्