Logo

आइएमई मोटर्सले लोन मेला आयोजना

आइएमई मोटर्ससँगको सहकार्यमा अशोक लेल्याण्डले ग्राहकलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।
मेला काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा २ देखि ४ असोजसम्म सञ्चालन हुने भएको छ ।
यस्तै, बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा ६ र ७ असोजमा सञ्चालन हुनेछ । यो सुबिधा साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्