Logo

कुमारी बैंकको धनवृद्धि रिकरिङ मुद्दति योजना

कुमारी बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दति’ योजना ल्याएको छ । ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकताअनुसार न्युतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरि धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बताइएको छ ।
यस आवर्ती योजना अन्तर्गत प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दति खातामा रकम जम्मा हुने प्रावधान रहेको बैंकले जनाएको छ । यस योजनाबाट न्यूनदेखि उच्च आयवर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा विश्वस्त रहेको बैंकले जनाएको छ । यो योजना १ असोजदेखि लागु भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्