आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइएमई पे र हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार दसैं–तिहारको अवसरमा आईएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउने छन् ।
आइएमई पेको डिजिटल दसैं–तिहार २०७९ क्याम्पेन अवधिभर आइएमई पेमा कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा नि:शुल्क ओपीडी चेकजाँच सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफरमा १ वर्षको लागि मात्र हो ।