सेलपेको दसैं अफर

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लिको सेलपे सेवाले विजय दशमीकोे अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।
यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकले एक जिबी डाटा प्याक १० दिनका लागि र लक्की ड्रमार्फत एक जना बिजेतालेसामसङ ग्यालेक्सी फ्लिप थ्री पाउने बताइएको छ । यो योजना १७ देखि २६ असोजसम्मलागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव पाँच लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर सेवा लिन सकिने बताइएको छ । ग्राहकहरुले सेल पे कार्ट सेवामार्फत सजिलै घरमै बसीबसी विभिन्न सामानहरु खरिद गर्न सक्ने बताइएको छ ।